पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, सिंहदरबारअगाडि राप्रपा नेतासहित सर्वसाधारणको भिड (तस्बिरहरू) – Nepal Press

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, सिंहदरबारअगाडि राप्रपा नेतासहित सर्वसाधारणको भिड (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता कार्यकर्ताहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी सम्मान व्यक्त गरेका छन् ।

आज लिङ्देनसहित राप्रपाका ज्येष्ठ सा‌ंसद पशुपति शमशेर जबरा, सा‌ंसद दीपक सि‌ंह लगायत  नेता कार्यकर्ता र्‍यालीसहित सिंहदरबार मूलगेटअगाडि सालिकमा माल्यार्पणका लागि पुगेका थिए । बिहानैदेखि सर्वसाधारणको पनि भिड लागेको छ ।

बाजागाजा, झाँकीसहितत पुगेको शिवसेनाको टोलीले सालिकमा १०८ केजीको माला पहिर्‍याएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना भइरहेको छ ।

हेर्नुस् केही तस्बिरहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर