बागमती प्रदेश सरकारको एक वर्षे रिर्पोट : दुई दर्जन बढी अन्तरक्रिया, १७२ किलोमिटर सडक पिच – Nepal Press

बागमती प्रदेश सरकारको एक वर्षे रिर्पोट : दुई दर्जन बढी अन्तरक्रिया, १७२ किलोमिटर सडक पिच

हेटौँडा । शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले एक वर्ष पूरा गरेको अवसरमा सरकारले एक वर्षको अवधिमा गरेको रिर्पोट सार्वजनिक भएको छ ।

आज हेटौँडामा एक वर्षको कामहरुको सार्वजनिकरण कार्यक्रमकको आयोजना गर्दा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशभर १ सय ७२ किलोमिटर सडक पिच गरिएको बताए ।

एक वर्षको अवधिमा १ सय ५९ किलोमिटर सडकमा ग्रवेल बिच्छ्याईएको, २६ वटा सडक तथा झोलुङ्गे पुल निर्माण गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए । एक वर्षमा सरकारको २४ वटा बैठक बसरी १ सय ३८ वटा निर्णय गरिएको उनले बताए ।

एक वर्षको अवधिमा सरकारले सात वटा ऐन प्रदेशसभामा पेश गरेको उनको भनाई थियो । सरकारले एक वर्षको अवधिमा पााचवटा निमायवली राजपत्रमा प्रकाशन गरेको रिर्पोट कार्डमा उल्लेख छ ।

प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेश श्रम तथा रोजगार नीति २०८०, प्रदेश बालबालिकासम्वन्धि नीति २०८०, मानव वेचविखन ओसारपसार बिरुद्धको नीति २०८०, प्रदेश निजामती ऐन २०७९, स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०७९, प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० पारित गरेको छ ।

यो अवधिमा सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ (संशोधन) सालबसाली विनियोजन तथा आर्थिक ऐनहरु, प्रदेश सञ्चार माध्यम ब्यवस्थापन ऐन २०७५(संशोधन), प्रदेश उच्च शिक्षा नियमावली २०७९ पारित गरेको छ ।

सरकारले एक वर्षको अवधिमा ३३ विद्यालयमा घेरबार गर्नुको साथै ३१ वटा शौतालय निर्माण गरेको जनाएको छ । सरकारले एक वर्षमा हेटौँडा अस्पताललाई ३ सय शैया, सिन्धुली र धादिको सरकारी अस्पताललाई १०० शैया, चौतरा रामेछाप र पशुपती चौलागाई स्मृति अस्पताललाई ५० शैया बनाउने निर्णय गरेको छ ।

बागमती प्रदेशको ८ जिल्लामा निर्माणाधीन शितभण्डारको काम ८५ प्रतिशत पुग्नु पनि सरकारले सफलताको श्रेणीमा राखेको छ । सरकारले एक वर्षको अवधीमा १० लाख १८ हजार ३ सय २१ भेडा बाख्रालाई पिपिआर खोप दिएको, २ लाख ८० हजार ८ सय पशुहरुलाई खोरेत बिरुद्ध खोप दिएको, ७ हजार ६ सय ८६ पशुलाई रेविज बिरुद्धको खोप तथा १ लाख ४१ हजार १ सय ६४ गाईभैसीलाई लम्पी स्कीन बिरुद्धको खोप दिएको सरकारको रिर्पोट कार्डमा उल्लेख छ ।

सरकारले सार्वजनिक गरेको ६६ पन्नको रिर्पोट कार्डमा करिब २ दर्जन कार्यक्रमहरु तालिम गोष्ठि तथा अनुगमनले भरिएको छ । एक वर्षको अवधिमा प्रदेश सरकारले गोष्ठी, बैठक तथा सहजिकरण कार्यक्रम गर्नुलाई सफलताको श्रेणीमा राखेको छ ।

अन्तरप्रदेश मुख्यमन्त्री स्तरीय बैठकको आयोजना, स्थानीय तहहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सरकारले एक वर्षको सफलता भनेको छ । तालिक सक्पन्न, गोष्ठि सम्पन्न, क्षमता विकास तालिम सम्पन्नको विषयलाई पनि सरकारले एक वर्षको सफल कार्यक्रमा उल्लेख गरेको छ ।

सरकारले एक वर्षको अवधिमा १३ जना कर्मचारीलाई पाँचौ तह, १९ जना कर्मचारीलाई सातौँ तह तथा २ जना कर्मचारीलाई नवौँ तहमा बढुवा गरेको छ भने प्रदेश तर्फ ४४ कर्मचारीलाई सातौँ, २३ कर्मचारीलाई नबौँ र १२ कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर