महोत्तरीमा एकआपसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर – Nepal Press

महोत्तरीमा एकआपसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका १ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलमै सवार दुई जना घाइते पनि भएका हुन् ।

वडा कार्यालय नजिकै सोमबार राति करिब ९ बजे प्रदेश २-०२-००४ प १८४० र ज ११ प ८०९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा रामगोपालपुर नगरपालिकाका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका ३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले मृतक को कुन मोटरसाइकलमा सवार थिए भन्ने कुरा खुल्न नसेकेको बताए ।

उनका अनुसार भंगहा नगरपालिका ५ का ३१ वर्षीय श्रीराम गोसाईं र बर्दिबास नगरपालिकाका २६ वर्षीय प्रदीप कुमार यादव घाइते भएका छन् ।

मोटरसाइकल ठोक्किएपछि पक्की सडकमा खसेका चमार र महतोको घटनास्थलमै मृत्यु भएको थियो ‌। घाइते गोसाईं र यादवको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर