मन्त्री ज्वालाको जबर्जस्ती र चरम लापरबाहीले बालकुमारीमा दुर्घटना भएको हो : गगन थापा (भिडिओ) – Nepal Press

मन्त्री ज्वालाको जबर्जस्ती र चरम लापरबाहीले बालकुमारीमा दुर्घटना भएको हो : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीको कारणले बालकुमारी घटना भएको दाबी गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मन्त्री ज्वालाको त्यस बेला गतिविधि गर्न समितिलाई माग गरे ।

उनले भने, त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै त्यो जबर्जस्ती हो । चरम लापरबाही हो हेपेको हो । मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना केटाहरूको ज्यान भन्ने लाग्छ । यो समितिले मन्त्रीज्यूको त्यो हेर्छ कि हेर्दैन ।

उनले कांग्रेसको माग अनुसार आज सरकारले छानबिनको लागि आयोग बनाएको बताए ।

उनले भने, यहाँ समितिको काम छैन जिम्मेवार राजनीतिक नेतृत्वले राजीनामा दिनुपर्छ भन्ने कुरा पनि आएका छन् । यो नैतिक विषय हो यसलाई सम्बन्धित पक्षले कसरी लिन्छ उत्तर हामी सुन्छौँ । हाम्रो ध्यान न्यायिक छानबिनतर्फ जानुपर्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर