सुदन किरातीलाई राजेन्द्र लिङ्देनको चुनौति–मन्त्रीका बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौं – Nepal Press

सुदन किरातीलाई राजेन्द्र लिङ्देनको चुनौति–मन्त्रीका बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन नमान्ने संविधानविरोधी र देशद्रोही हो भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

उनले मन्त्री किराँतीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै देश नै जेलमा परिणत गर्नुपर्ने टिप्पणी गरे।

उनले फेसबुकमा लेखेका छन्, ‘केरे केरे ? क्रिश्चियनलाई मान्दिन भन्नुचैं संविधानलाई मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन्। ।।।यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेल हाल्दिने हो। अब देशलाईनै जेलमा परिणत गर्नु पर्ने भो त।’

उनले क्रिश्चियनलाई त के यो संविधानलाई पनि नमान्ने अधिकार जनतालाई भएको बताएका छन्। उनले मन्त्री किराँतीको बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध भएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर