‘लङ मार्च’को मध्यपूर्वबाट मंसिर २५ को चुलैनिम्तो – Nepal Press

‘लङ मार्च’को मध्यपूर्वबाट मंसिर २५ को चुलैनिम्तो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली भूमिमा हालसम्मकै लामो यात्रा अभियान (लङ मार्च)मा भेटिरहेका छौं । हामी भने नेपालको नक्सालाई दायाँबायाँ र तलमाथि हेर्दा देखिने मध्यपूर्वमा लङ मार्चमा सामेल हुन उभिएका छौं । हामी दोलखामा उभिएका छौं, जहाँ नेपाली भूमिमा सूर्योदय हुन्छ, समयको सुरूवाती मापन हुन्छ । जहा गर्विलो इतिहास छ, समृद्धि यात्राको आधार छ ।

मध्यपहाडी लोकमार्ग दोलालघाटलाई छाडेर अरनिको राजमार्ग समातेर लामोसाँघु जिरी सडकको खरीढुङ्गामा अध्यक्ष ओली र एमालेका केन्द्रीय पंक्ति उभिने दिन मंसिर २५ गते हो । हामीले त्यो लोकमार्गलाई सिन्धुपाल्चोक, दोलखा र रामेछापले अनुभूत गर्नुपर्छ भन्यौं । अध्यक्ष ओलीले स्वीकार गर्दै लङ मार्चको योजना संशोधन गर्न तयार हुनुभयो ।

त्यही लोकमार्गसँग गाँसेर लामाबगर-तिब्बतको ढोका खुल्ने पर्खाइमा छौं । चीन, नेपाल र भारत जोडिने त्रिदेशीय मार्ग पारवहन, पर्यटन, रोजगार र सांस्कृतिक, सामाजिक आदानप्रदानको ठूलो ढोका हुनेछ भन्नेमा ढुक्क छौं । हालसम्म कम प्राथमिकतामा परेको उक्त नाका लङ मार्चको राष्ट्रिय संकल्प हुने हाम्रो विश्वास छ ।

झुलाघाट–चिवा भञ्ज्याङ समृद्धि संकल्प यात्राको त्यो १२ औं दिन खरीढुङ्गामा पर्ने पाइलाहरूमुनि अथाह म्याग्नेसाइट छ । त्यो उत्खनन गरेर विदेशी मुद्रा भित्र्याउने हाम्रो इच्छामा एमाले पंक्तिको संकल्प पक्कै थपिनेछ । राष्ट्रलाई थाहा छ, अथाह सम्पत्ति खरीढुङ्गाको गर्भमा छ । त्यसको उपयोगले दोलखाको समृद्धिमात्रै हैन, देशकै समृद्धिमा बल पुग्ने अध्ययन दस्तावेजले भन्छ । साथै त्यहीबाट जोडिएको डाङडुङ्गे अन्तर्राष्ट्रिय चलचित्र नगरी सञ्चालनमा हाम्रो जोड छ । समृद्धिका लागि संकल्प यात्राका कमाण्डर अध्यक्ष ओलीलाई त्यहाँका वडाध्यक्ष हिमाल श्रेष्ठ (भीमेश्वर- ९)ले यिनै विषय समेटिएको स्मरणपत्र बुझाउनु हुनेछ ।

मध्यपहाडी लोकमार्ग दोलालघाटलाई छाडेर अरनिको राजमार्ग समातेर लामोसाँघु जिरी सडकको खरीढुङ्गामा अध्यक्ष ओली र एमालेका केन्द्रीय पंक्ति उभिने दिन मंसिर २५ गते हो । हामीले त्यो लोकमार्गलाई सिन्धुपाल्चोक, दोलखा र रामेछापले अनुभूत गर्नुपर्छ भन्यौं । अध्यक्ष ओलीले स्वीकार गर्दै लङ मार्चको योजना संशोधन गर्न तयार हुनुभयो ।

एमालेको जारी समृद्धिका लागि संकल्प यात्राले चीनका महान कम्युनिष्ट नेता माओले सञ्चालन गरेको लङ मार्चको स्मरण गराउँछ । सन् १९३४ देखि एक वर्ष ६ दिनमा करिब १० हजार किलोमिटरको लङ मार्च भएको करिब १५ वर्षमा जनगणतन्त्र चीनको स्थापना भएको थियो । नेकपा एमालेको यो महान यात्रा पनि देश समृद्धिका लागि त्यस्तै सुखद सन्देशसहितको स्मरण नेपाली समाजमा रहिरहनेछ भन्ने ठानेका छौं ।

नेपाली भूमिको यो अभियानमा कम्तीमा १८ सय किलोमिटर मार्च हुनेछ । त्यस आसपास मध्यपहाडभरिका मानिसहरू समृद्धिका लागि संकल्प गर्न जोडिरहेका र जोडिँदै जानेछन् ।

नेपालको पहिचान पहाड हो । पहाडका ३९ मध्ये २४ जिल्ला र १९ जिल्ला सदरमुकामले मध्यपहाडी लोकमार्गलाई छुन्छ । पहाड गुल्जार बनाउन फिदिम, बसन्तपुर, खुर्कोट, बैरनी, डुम्रे, बुर्तिबाङ, चौरहजारी, राकम कर्णाली, साँफेबगर, पाटनमा शहर बसाउने परिकल्पना छ । यो मार्गको रेखाङ्कनमा सिन्धुपाल्चोक, दोलखा र रामेछापका जनतालाई पायक पर्नेगरी सडक विस्तार गर्न सकिने ध्यानाकर्षण लङ मार्चमा गराउने योजना छ ।

मानिस विस्थापनले उजाड बन्दै गरेको पहाडी भूमिमा बसोबास लायक वनाउन के गर्ने सकिएला भन्ने उपाय लङ मार्चले खोज्नेछ । यस क्षेत्रको समग्र समृद्धिको नक्सा अध्यक्ष ओली र नेतृत्वले दिमागमा कोर्नेछन् । त्यसैले हामी दोलखालीले यो अवसरलाई विशेष ठानेका छौं र तयारीमा जुटेका छौं ।

यो अवसरमा अलमलमा परिरहेको तामाकोशी तेस्रो जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको योजना बनाउनुपर्ने स्मरण गराउने छौं । चरिकोट र जिरीमा एयरपोर्टका साथै जिरी ताल निर्माणमा जोड गराउने छौं । चरिकोटसम्म चार लेन र लामाबगर नाकासम्म दुई लेन सडकको सपना सुनाउने छौं । त्यसो भएमा कैलाश पर्वत जस्तै पवित्र धार्मिक हिम क्षेत्र कुमारी हिमाल गौरीशंकर फेरो मार्ने चिनियाँ र भारतीय पर्यटक भित्र्याउन सकिने बताउने छौं । कालिञ्चोक, शैलुङ, हनुमन्ते जस्ता धार्मिक र प्राकृतिक मूल्य मान्यता बोकेका पहाडहरूमा ती पर्यटक पुर्‍यााउन सक्ने योजना सुनाउने छौं ।

पहाड र हिमाली क्षेत्रमा द्रुत गतिको विकासमार्फत मानिसहरूको विदेश पलायन रोक्न विभिन्न अवसर सिर्जना गर्ने उपायको खोजी गर्ने यो लङ मार्च राजनीतिभन्दा माथि उठ्न जरूरी छ । त्यसैले यात्रालाई साझा बनाउन फरक विचारका दलका नेताहरू, विज्ञहरू, ग्रामीण योगदान पु¥याउने व्यक्तित्वहरूसँग अध्यक्ष ओलीले भेटघाट गर्नु हुनेछ ।

दोलखा बजारको प्राचीन सभ्यता जोगाउने बृहत कार्यक्रम हामीले खोजिरहेको बताउने छौं । विश्वको एकमात्र शीलामा पसिना आउने देवता दोलखा भीमेश्वरप्रतिको आस्था र विश्वासलाई कायम राख्न ध्यानाकर्षण गराउने छौं । नेपालकै पहिलो सिक्का चलाउने दोलखा राज्यका राजा जयइन्द्रसिंह देवले तामाकोशी किनारैकिनार तिब्बतसँग विनिमय गरेर समृद्ध दोलखा बनाएकोबारे सुनाउने छौं । जयइन्द्र जस्ता दोलखाका प्राचीन महापुरूषहरूको अध्ययन, अनुसन्धान गर्दै सांस्कृतिक, धार्मिक र समृद्धि सुरूवात भएको नेपालकै पहिलो सहिद संग्रहालयबरे बोध गराउने छौं ।

पहाड र हिमाली क्षेत्रमा द्रुत गतिको विकासमार्फत मानिसहरूको विदेश पलायन रोक्न विभिन्न अवसर सिर्जना गर्ने उपायको खोजी गर्ने यो लङ मार्च राजनीतिभन्दा माथि उठ्न जरूरी छ । त्यसैले यात्रालाई साझा बनाउन फरक विचारका दलका नेताहरू, विज्ञहरू, ग्रामीण योगदान पु¥याउने व्यक्तित्वहरूसँग अध्यक्ष ओलीले भेटघाट गर्नु हुनेछ । हामीले दोलखामा विभिन्न राजनीतिक दलका नेताहरूसँग समृद्ध दोलखा, सुखी दोलखालीका सवालहरूमा संवाद गराउने कोसिस गर्नेछौं । हाम्रो प्रस्तावमा दलहरूले आफ्नो कार्यालयमा निम्तो गर्ने र उपहार प्रदान गर्ने प्रस्तावहरू राख्नुभएको छ ।

नेपालमा यसअघि पनि विभिन्न दल र समूहले देश दर्शन, यात्रा र अभियानहरू सञ्चालन गरेका थिए । खास उद्देश्यसहित धेरै मानिस सहभागी भएर शीर्ष नेतृत्वसहितको यस्तो लामो दूरीको यात्रा भने यसअघि भएको थिएन ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरण मोडल, जंगबहादुरको जहानियाँ राणातन्त्र मोडल, महेन्द्रको निरङ्कुश पञ्चायत र योजनाबद्ध विकासका मोडल, बीपी, पुष्पलाल र मदन भण्डारीका राजनीतिक विचारका मोडल, मनमोहनका लोक कल्याणकारी राज्य प्रणालीका मोडल र केपी ओलीका नयाँ प्रविधिसहित द्रुत रूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा तय गरी नेपालीको इच्छाअनुसारको नवीन विकासका मोडलबारे बढी सम्झना गरिन्छ ।

सरकारमा रहेका बेला प्रधानमन्त्रीको हैसियतले केपी ओलीले सामान्य सोच र गतिभन्दा माथि उठेर नेपालको राष्ट्रियता र गौरवपूर्ण विकासका कदमहरू चाल्नुभएको थियो । अहिले नेकपा एमाले भोटको संख्यामा सबैभन्दा बढी र सीट संख्यामा दोस्रो छ । उक्त पार्टी स्पष्ट दर्शन, सिद्धान्त र नेपाली मौलिक कार्यक्रम बोकेको बलियो प्रतिपक्ष पनि हो । यस्तो पार्टीको अध्यक्षसहित करिब तीन सय जना केन्द्रीय र प्रदेश स्तरका नेता आवद्ध समृद्धिका लागि संकल्प यात्राले राष्ट्रियता र मुलुक विकासमा विशेष महत्त्व राख्ने विश्वास गरिएको छ । यो यात्राबाट प्राप्त अनुभव र सुझावहरू भावी सरकारका एजेन्डा पनि हुन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसहित एमाले नेतृत्व र जनता सहभागी यो लङ मार्चलाई भव्य बनाउन मंसिर २५ का दिन सम्पूर्ण दोलखालीलाई आमन्त्रण गरेका छौं । हामी सबै जना त्यही भेट्ने पनि छौं ।

(मानन्धर नेकपा एमाले दोलखाका उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *