राप्रपा महामन्त्री राणाले गरे अष्ट्रेलियामा नेपालीमाझ अन्तरक्रिया – Nepal Press

राप्रपा महामन्त्री राणाले गरे अष्ट्रेलियामा नेपालीमाझ अन्तरक्रिया

अष्ट्रेलिया । साताव्यापी भ्रमणका क्रममा आएका राप्रपा महामन्त्री एवं सांसद डा. धवलशम्शेर राणा र प्रवासी नेपाली एकता समाज, अस्ट्रेलिया र ओसीनिया परिवारद्वारा आयोजित अन्तरक्रिया एडिलेडमा सम्पन्न भएको छ ।

अन्तरक्रियामा प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवादको राप्रपाको सिद्धान्तबारे राणाले प्रष्ट्याएका थिए । दक्षिण अस्ट्रेलियाको लेजिस्लेटिभ काउन्सिलमा रसेल वोर्टलीसँग उनले शिष्टाचार भेट गरे ।

उनले अष्ट्रेलियामा रहेका नेपाली समुदाय, उनीहरूको समस्यालगायतको विषयमा पनि चासो राखेको पानस एडिलेड राज्य संयोजक केदार श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *