कोशीमा माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याइँदै – Nepal Press

कोशीमा माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याइँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेसँगको सहमतिविपरीत माओवादीलाई सरकारमा ल्याउने तयारी गरेका छन् ।

केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको दबाब थेग्न नसकेपछि माओवादी र एकीकृत समाजवादीलाई मुख्यमन्त्री कार्कीले सरकारमा सहभागी गराउन लागेका हुन् ।

माओवादी र एकीकृत समाजवादीबाट १-१ जनालाई मन्त्री बनाउने तयारी भएको मन्त्री तथा सरकारका प्रवक्ता शमशेर राईले बताए । उनले आजै नियुक्तिको सम्भावना रहेको जानकारी दिए ।

केदार कार्की गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले यसअघि एमाले र नेपाली कांग्रेसका एकएक जनालाई मन्त्री नियुक्त गरेका थिए ।

नेकपा एमालेको समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका कार्कीलाई कार्तिक १ गते केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिएका थिए ।

विश्वासको मत पाएपछि उनले सरकारमा गठबन्धन दललाई सामेल गर्ने कि एमालेमात्र भन्ने निर्णय गर्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर