कसैलाई खुशी पार्न बुढी गण्डकी आयोजना रोकियो, अब म प्रधानमन्त्री नभइ बन्दैन: ओली – Nepal Press

कसैलाई खुशी पार्न बुढी गण्डकी आयोजना रोकियो, अब म प्रधानमन्त्री नभइ बन्दैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढी गण्डकी जलविद्युत आयोजना अघि बढ्न आफू प्रधानमन्त्री हुनुपर्ने बताएका छन् ।

प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको बेलामा निर्णय गरेर काम अघि बढेको बताए ।

अध्यक्ष ओलीले भने, ‘मेरो समयमा मैले बुढी गण्डकी निर्माण गर्ने भनेर अगाडि बढाइसकेको थिएँ, म सरकारबाट हटेपछि त्यस आयोजनालाई रद्द गरे कसलाई बनाउन दिने र कसलाई बनाउन नदिने भनेर । म के भन्न चाहन्छु भने सेतो भए पनि कालो बिरालो भए पनि त्यसले मुसा मार्नुपर्छ, हामीलाई बिरालोको राम चाहिएको होइन । मुसा मार्नु परेको हो । सल्यानटारको विकास, बुढी गण्डकी जसले बनाउँछ, हामी स्वागत गर्छौं त्यसलाई । हामी एउटाले गर्दा स्वागत गर्ने अर्कोले बनाउँदा नहुने भन्ने त्यस्तो खालको लुते नीति नेपालले लिनु हुँदैन ।’

उनले कोही रिसाउँछ भनेर नेपालको विकास अवरोध गर्न नमिल्ने बताए ।

ओलीले भने, ‘यो आयोजना म प्रधानमन्त्री हुँदा तपाईंहरुले सुन्नुभएको होला, मैले बनाउन सुरु गरिसकेको थिएँ । म हटेपछि त्यसलाई रोकियो । अब पनि म प्रधानमन्त्री नभइ यो बन्दैन होला सायद । म बनिनँ भने पनि एमाले सरकारमा गएपछि यो आयोजना बनाउँछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर