रामेछाप एमालेको अध्यक्षमा पुरुषोत्तम र सचिवमा प्रकाश सर्वसम्मत, अन्य पदाधिकारीमा प्रतिस्पर्धा – Nepal Press

रामेछाप एमालेको अध्यक्षमा पुरुषोत्तम र सचिवमा प्रकाश सर्वसम्मत, अन्य पदाधिकारीमा प्रतिस्पर्धा

रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्ष र सचिवमा क्रमशः पुरुषोत्तम कडरिया र प्रकाशकुमार कार्की सर्वसम्मत भएका छन् ।

बिहीबार भएको मनोनयन दर्ता प्रक्रियामा उनीहरूको नाममा सर्वसम्मत जुटेको हो । अध्यक्ष पदका लागि कडरियासँग प्रेमबहादुर तामाङले मनोनयन दर्ता गराएका थिए । तर उनले सहमतिका लागि मनोनयन फिर्ता लिएका छन्।

त्यस्तै सचिवमा प्रकाशकुमार कार्कीसँगै रामबाबु घिमिरेले मनोनयन दर्ता गराएका थिए । उनले पनि सहमतिको लागि मनोनयन फिर्ता र्लिएपछि कार्की सर्वसम्मत भएका हुन् ।

लेखा कमिटीको अध्यक्षमा रामप्रसाद देवकोटा सर्वसम्मत भएका छन् । जसको उपाध्यक्षमा तेजबहादुर बोहरा र सचिवमा तिलक कार्की सर्वसम्मत भएका छन् ।  लेखा कमिटीका सदस्य सबै सर्वसम्मत भए ।

अध्यक्ष, सचिव सर्वसम्मत भए पनि उपाध्यक्ष र उपसचिवका लागि भने प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष पदका लागि होतराज ढकाल, ध्रुवकुमार कार्की, रमेशकुमार वाग्ले र ज्ञानबहादुर खड्काको उम्मेदवारी परेको छ ।

त्यस्तै उपसचिवमा मिलनकुमार घिसिङ, दिनेश सुवेदी र राजेन्द्रकुमार कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।महिला उपसचिवमा मखमली श्रेष्ठ, मञ्जु माया कार्की, कमला शर्मा क्षेत्रीको मनोनयन परेको नेकपा एमाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर