गाजामा मृत्यु हुनेको सङ्ख्या बढेर दुई हजार २१५ पुग्यो – Nepal Press

गाजामा मृत्यु हुनेको सङ्ख्या बढेर दुई हजार २१५ पुग्यो

गाजा सहर । गाजा सहरमा इजरायली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी अधीनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रालयले हमलामा मारिनेहरूमा चार सय ५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार सात सय १४ जना घाइते भएका छन् ।

यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घन्टामा मात्र कम्तीमा तीन सय २४ जना मारिएको जनाएको थियो ।

एक साताअघि दक्षिणी इजराइलमा हमासले आक्रमण गरेपछि त्याे क्षेत्र अहिले तनावग्रस्त बनेकाे छ ।

रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर