पुटिनले छाने मिखाइल मिसुस्तिनलाई नयाँ प्रधानमन्त्री – Nepal Press

पुटिनले छाने मिखाइल मिसुस्तिनलाई नयाँ प्रधानमन्त्री

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आज शुक्रबार रुसको नयाँ प्रधानमन्त्री छानेका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले मिखाइल मिसुस्तिनलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । रुसको कानुन अनुसार अब रुसी संसदले क्याबिनेट बनाएपछि प्रधानमन्त्रीको नियुक्तिलाई औपचारिक वैधानिकता दिनेछ ।

मंगलबार रुसको पाँचौँ प्रधानमन्त्रीको रुपमा सपथ खाएकै दिन कानुन अनुसार रुसी मन्त्रीमण्डलले राजिनामा दिएको थियो । त्यसपछि खाली भएको प्रधानमन्त्री पदमा पुटिनले मिसाइल मिसुस्तिनलाई नियुक्त गरेका हुन् ।

मिसुस्तिन यो भन्दा अगाडि पनि प्रधानमन्त्री चयन भएका थिए । सन २०२० मा दिमित्र मेदभेदेव पछिको प्रधानमन्त्रीको रुपमा उनको चयन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर