दुर्गा प्रसाईँलाई महेश बस्नेतको चेतावनी- थ्रेट दिँदैमा चुप लागेर बस्दैनौँ (भिडिओ) – Nepal Press

दुर्गा प्रसाईँलाई महेश बस्नेतको चेतावनी- थ्रेट दिँदैमा चुप लागेर बस्दैनौँ (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हक अधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताएका छन् ।

रिपोटर्स क्लब नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बस्नेतले मुलुकमा अराजकवादीहरुले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने काम गरेको भन्दै लोकतान्त्रिक हक अधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताएका हुन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गर्दै बस्नेतले देशमा शान्ति, सुरक्षा निकै कमजोर भएको जिकिर गरे । नेता बस्नेतले झापाको युवा संघको कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम भएको भएको भन्दै गलत ढंगले नबुझ्न अनुरोध गरे । दुर्गा प्रसाईँको गतिविधिको कडा विरोध गर्दै उनले आफूहरूले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा चुप लागेर नबस्ने जिकिर गरे ।

झापामा आफूहरूको कार्यक्रम बिथोल्नको लागि पहिचानवादी र दुर्गा प्रसाईँका समर्थकहरु मिलेर आएको उनले दाबी गरे । उनले संविधान र कानूनविरोधीहरुलाई राज्यको तर्फबाट कानूनी दायरामा ल्याउन सरकारलाई भन्ने र सरकारले ती अराजकहरूलाई कानूनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

 


प्रतिक्रिया

One thought on “दुर्गा प्रसाईँलाई महेश बस्नेतको चेतावनी- थ्रेट दिँदैमा चुप लागेर बस्दैनौँ (भिडिओ)

  1. त्यो सडकछाप बैंक ठगको पछि नलाग्दा नै राम्रो होला । त्यो ठग आफैं सकिन्छ । बैंकले सम्पत्ति लिलाम गरे पछि भिकमङ्गा हुन्छ त्यो । बैंकले ठगे भन्छ तर त्यसको हस्पिटल कति महङ्गो छ त्यसले सोचेको छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर