ज्ञानेन्द्रलाई राजा भनेकोमा माओवादी सांसद दाहालको आपत्ति, लिङदेनको भनाइ रेकर्डबाट हटाउन माग (भिडिओ) – Nepal Press

ज्ञानेन्द्रलाई राजा भनेकोमा माओवादी सांसद दाहालको आपत्ति, लिङदेनको भनाइ रेकर्डबाट हटाउन माग (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङदेनले ज्ञानेन्द्रलाई राजा भनेर सम्बोधन गरेका थिए ।

उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद दाहालले रेकर्डबाट हटाउन माग गरे ।

उनले भने, ‘नेपालको संविधानले राजा चिन्दैन । एकजना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो । त्यसैले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर