बागमतीका मुख्यमन्त्री अस्वस्थ भएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै – Nepal Press

बागमतीका मुख्यमन्त्री अस्वस्थ भएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै

हेटौँडा । अक्सिजन लेभल कम भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् ।

हाल सिन्धुली अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको उनलाई हेलिकप्टरमार्फत काठमाडौं लग्ने तयारी हुँदै छ ।

रामेछापको मन्थलीमा मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं लगिन लगिएको मुख्यमन्त्रीको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए ।

रामेछाप जाने क्रममा गाडीमा निरन्तर बान्ता भएको र उनको अक्सिजन लेभल कम भएपछि उनलाई अहिले हेलिकप्टर मार्फत काठमाडौँ लगिन लागेको स्वकीय सचिव जम्कट्टेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर