सांसद बजगाईको प्रश्न- तिब्बतमा निर्वाध पर्यटक घुम्छन्, मनास्लुमा निषेधित क्षेत्र किन ? (भिडिओ) – Nepal Press

सांसद बजगाईको प्रश्न- तिब्बतमा निर्वाध पर्यटक घुम्छन्, मनास्लुमा निषेधित क्षेत्र किन ? (भिडिओ)

‘दुई वर्षभित्र नेपालको अर्थतन्त्र कोल्याप्स हुँदैछ,व्यवसायीहरुहरु नेपाल छाडेर क्यापिटल फ्लाइ भइरहेकोमा अर्थमन्त्रीको धारणा के हो ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले माथिल्लो गोरखाको मनास्लु हिमाल क्षेत्रलाई निषेधित क्षेत्र बनाइराख्नुको कारण माग गदै सरकारको गैरजिम्मेवारीप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै गोरखा १ बाट निर्वाचित सांसद बजगाईले हालैमात्र मनास्लु क्षेत्रका ८० वर्षीय वृद्ध छेवाङ दोर्जी वृद्द भत्ता लिन जाने क्रममा भीरबाट खस्दा निषेधित क्षेत्र भनेर समयमै हेलिकोप्टरबाट उद्दार गर्न नसकेको बताए ।

पर्यटन व्ययसायी समेत रहेका सांसद बजगाईले देशभित्र नागरिकको उद्दार गर्न सकदैन भने त्यो देशको के औचित्य भन्दै मनास्लुलगायत नेपालको हिमाली भूभागलाई निषेधित क्षेत्र बनाइनुको कारण माग गरे ।

बजगाईले भने- यो निषेधित क्षेत्र कसका लागि ? दलाई लामा निर्वाचित भएपछि तिब्बतमा खम्पा विद्रोह भयो । त्यसबेला नेपालमा पनि तिब्बतसँग जोडिएका ठाउँलाई निषेधित गरियो । तर अहिले त युद्ध पनि छैन, तिब्बतमा निर्वाध पर्यटकहरु घुमिरहेका छन्, हाम्रोमा यो निषेधित क्षेत्र कस्का लागि हो सरकारले जवाफ देओस् ।

सांसद बजगाईले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले स्थापित गरेको नेपाल चीन सम्बन्धको रोडम्याप आज भत्काउने काम भइरहेको समेत बताए । उनले देशको अर्थतन्त्र २ वर्षभित्र कोल्याप्स हुने खतराका रिपोर्ट आइरहेको भन्दै उद्योगी व्यवसायीहरु दुबई सरिरहेको र क्यापिटल फ्लाइट भइरहेको बारे अर्थमन्त्रीको जवाफ समेत माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर