ओलीको आरोप- सरकारको आलोचना गरेबापत सांसद सुनिल शर्मालाई हतकडी, अमरेश सिंहलाई पुर्जी काटिँदैछ (भिडिओ) – Nepal Press

ओलीको आरोप- सरकारको आलोचना गरेबापत सांसद सुनिल शर्मालाई हतकडी, अमरेश सिंहलाई पुर्जी काटिँदैछ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गरेबापत सांसद सुनिल शर्मालाई हतकडी लगाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबार भएको बैठकमा बोल्दै उनले सरकारको आलोचना गरेकै भरमा अर्का सांसद अमरेशकुमार सिंहलाई पुर्जी काटिएको दाबी गरे ।

उनले भने, ‘सरकारको विरुद्धमा बोलेवापत अमरेशकुमार सिंहलाई पुर्जी कटाइएको छ । सम्पत्ति छानबिन गर्ने भन्या छ । कहिले सरकारमा ओहोदामा जानुभयो उहाँ । यतिकै रिस उठ्यो भने जे पनि गरिदिने ? सरकारको दुरुपयोग गर्ने ? २०४६ साल हो कि कहिलेको सर्टिफिकेट कतिपल्ट हेरिसक्यो ? कतिपल्ट चलिसक्यो त्यो ? लेखेर पास गर्या कि चोरेर पास गर्या, छानबिन गर्ने रे ! त्यसका लागि थुनेर गर्नुपर्छ ।’

सरकारले बोल्यो कि खबरदार भनेर सुनिल शर्मा बनाइदिन्छौं भन्दै सातो लिएको उनले टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर