सरकारमाथि प्रश्न उठेपछि समीक्षा हुन्छ, गठबन्धन कसैका विरुद्ध बनेको होइन : वर्षमान पुन (भिडिओ) – Nepal Press

सरकारमाथि प्रश्न उठेपछि समीक्षा हुन्छ, गठबन्धन कसैका विरुद्ध बनेको होइन : वर्षमान पुन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गठबन्धन कसैको विरुद्ध नबनेको प्रष्ट पारेका छन् । अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजको राष्ट्रिय आवश्यकताले गठबन्धन बनेको बताए ।

उनले भने, ‘गठबन्धन कसैको विरुद्ध होइन । सरकारको विषयमा विभिन्न प्रश्न उठेका छन् । आजको राजनीतिक आवश्यकताले बनेको गठबन्धन हो । यसलाई समिक्षा गर्ने कुरा हुनसक्छ । तर, यो आजको आवश्यकता भएकाले सबैले समर्थन सद्भाव राख्दै जिम्मेवारी पूरा गर्नतिर लाग्नुपर्छ ।’

गठबन्धन सरकारसँग शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्नेदेखि राष्ट्रिय शक्तिहरुलाई विश्वासमा लिएर विदेश, आर्थिक र विकासलाई अगाडि बढाउने जिम्मेवारी रहेको बताए । अहिले सामाजिक र धार्मिक सद्भावनाहरु बिथोलिने परिस्थिती बनेकाले सत्तापक्ष, प्रतिपक्ष सबै शक्तिहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर