कर्णालीमा प्यानल बनाएरै लड्ने तयारीमा गुलाबजंग र मीनबहादुर, मैदानमा को-को ? – Nepal Press
एमाले अधिवेशन

कर्णालीमा प्यानल बनाएरै लड्ने तयारीमा गुलाबजंग र मीनबहादुर, मैदानमा को-को ?

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्वका लागि पनि मतदान हुने सम्भावना बढेको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन सत्रमा प्यानल बनाएर चुनाव नलड्न निर्देश दिएका थिए । तर, आकांक्षीहरू टसमस देखिएका छैनन् । उनीहरू भित्री रूपमा प्यानल बनाएर चुनाव लड्ने तयारीमा छन् ।

प्रदेश संसदीय दलका नेतासमेत रहेका स्थायी कमिटी सदस्य यामलाल कँडेलनिकटका गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजिएको छ । त्यस्तै, विनोदकुमार शाह र गोरखबहादुर निकट मानिने नेता मीनबहादुर शाही पनि अध्यक्षको दाबीबाट पछि हटेका छैनन् ।

उपाध्यक्षमा गुलाबगङ्ग शाहको प्यानलबाट टेकराज पछाई र मीनबहादुर शाहीबाट लालबहादुर महतराले तयारी गरेका छन् ।

सचिवमा मीनबहादुरतर्फका रुद्र शाही, डण्डिप्रसाद शर्मा  र गुलाबजंगको प्यानलबाट धुव्र शाहीको प्रतिस्पर्धा हुने सम्भावना रहेको स्रोतले बतायो ।

पार्टी हेडक्वार्टरले भने मीनबहादुरको नाममा सहमतिमा जोड दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर