२९ वर्षपछि एमाले अध्यक्ष ओली प्युठान जाँदै – Nepal Press

२९ वर्षपछि एमाले अध्यक्ष ओली प्युठान जाँदै

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २९ वर्षपछि प्युठान जाने भएका छन् ।

नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली यही असोज १६ गते प्युठान जाने निश्चित भएको हो । यो उनको दोस्रो पटकको प्युठान भ्रमण हुनेछ ।

एमाले नेताहरूका अनुसार यसअघि ओली पोलिटब्यूरो सदस्य हुँदा पार्टीको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्न २०५२ पुसमा प्युठान गएका थिए ।

ओलीले प्युठानमा दुई वटा कार्यक्रममा सहभागी हुनेछन् । पहिलो कार्यक्रम भवन उद्घाटन र दोस्रो कार्यक्रम होटेल आयुस्मा जुम्रीमा पार्टीको नेता कार्यकर्ता सहित आम शुभेच्छुकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्युठानमा अध्यक्ष आउने कार्यक्रमलाई केन्द्रित गरेर मङ्गलवार तयारी बैठक गरिएको एमाले प्युठानका जिल्ला अध्यक्ष विजयबिराज विष्टले जानकारी दिए ।

बैठकले अध्यक्ष ओली आउने कार्यक्रमको तयारीका लागि जिम्मेवारी विभाजनका लागि छलफल गरेको छ ।

‘केपी ओलीलाई सुन्ने चाहना सबैको छ, ‘कार्यक्रमलाई व्यवस्थित गर्न तयारी थालेका छौँ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर