तस्करीलाई नागरिकता दिएर कसले राख्यो ? सरकार भन्छ अहिले छानबिन गर्न पाइँदैन : ओली (भिडिओ) – Nepal Press

तस्करीलाई नागरिकता दिएर कसले राख्यो ? सरकार भन्छ अहिले छानबिन गर्न पाइँदैन : ओली (भिडिओ)

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई चुनौती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन गर्न नचाहेको आरोप लगाएका छन् ।

बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले एक महिनासम्म संघर्ष गरेर सुन तस्करीको व्यापक छलफल गर्नुपर्छ भनेर एक महिनापछि आयोग बनाउन मान्यो । किन एक महिना पर्खिनुपर्यो भने सरकार एअरपोर्टमा पक्रिनुपर्ने सुन प्रक्रिएन । पक्रिएका मान्छेलाई पनि छाडेर सबै लुकाउन लगाइयो ।’

उनले सरकार अहिले सुन प्रकरणको छानबिन गर्न पाइँदैन भन्न थालेको बताए ।

उनले भने, ‘सरकार अहिले छानबिन गर्न पाइँदैन भन्छ । भविष्यमा कस्तो कानून बनाउने भन्नेबारे छलफल गरौं भन्छ । १०० किलो हामीले सुन्यौं तर एक महिनापछि ६१ किलो मात्रै भयो । बाँकी कहाँ गयो ? इलेक्ट्रिक सिग्रेटबाट ल्याइएको ९ किलो सुनको कारबाही कहाँ पुग्यो ?’

उनले सुन तस्करी गर्नको लागि नागरिकता दिएर मान्छे तयार गर्ने व्यापारी को हो ? भन्दै प्रश्न गरे । उनले राष्ट्र बैंकसँग एउटामात्रै सुन पगाल्ने मेसिन हुँदा तस्करहरुसँग पाँचवटा कसरी भयो ? भन्दै प्रश्न गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गिरिबन्धु टिस्टेटको फाइल खोल्न पनि चुनौती दिए । गिरिबन्धुको फाइल खोलेपनि गठबन्धनकै नेताहरु नै जेल जाने दाबी गर्दै एमालेलाई केही असर नगर्ने बताए ।


प्रतिक्रिया

One thought on “तस्करीलाई नागरिकता दिएर कसले राख्यो ? सरकार भन्छ अहिले छानबिन गर्न पाइँदैन : ओली (भिडिओ)

  1. काँग्रेसको टाँगमुनी छिरेको पार्टी चाँही कम्युनिष्ट रहेछ है ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर