शाहरुख बने एक वर्षमा भारतमै १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता – Nepal Press

शाहरुख बने एक वर्षमा भारतमै १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

काठमाडौं। अभिनेता शाहरुख खान एक वर्षमा भारतमै १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् । चार वर्षको लामो ब्रेकपछि ‘पठान’लिएर फर्किएका खानको पुनरामगनले भारतीय बक्स अफिसमा इतिहास रचेको छ। ‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको छ।

‘पठान’ले रिलिज भए लगत्तैबाट बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो। हिन्दी चलचित्रको लागि ‘पठान’सर्वकालिन ब्लकबस्टर बनेको थियो भने यता हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा तहल्का मच्चाईरहेको छ।

शाहरुख, नयनतारा र विजय सेतुपति अभिनित ‘जवान’ले हालसम्म भारतीय बक्स अफिसमा ४४२.७३ करोड भारु कमाएको छ भने विश्वब्यापी रुपमा ७०० करोड भारुभन्दा बढीको व्यापार गरिसकेको छ। एट्ली निर्देशित ‘जवान’ ले अझैपनि राम्रो व्यापार गरिरहेको छ।

एक वर्षमै हजार करोड भारुभन्दा बढी कलेक्सन गरेका शाहरुखको पठान’ले ५४३.०५ करोड भारु माथि कमाएको थियो।

सन् २०१९ मा चारवटा रिलिजसँगै अभिनेता अक्षय कुमारले बक्स अफिसमा कूल ७५७.१३० करोड भारु कमाएका थिए। शाहरुखले २०२३ मा दुई फिल्मबाटै १०२३.०४० करोड भारु कमाएर अक्षयले बनाएको कीर्तिमान तोडेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर