मध्यरातमा सन्दीपको पोस्ट- ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु – Nepal Press

मध्यरातमा सन्दीपको पोस्ट- ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु

काठमाडौं । नेपाली  क्रिकेट टाेलीका  पूर्वकप्तान स्पिनर सन्दीप लामिछानेले ब्याक टु ब्याट स्टाटस लेखेका छन् ।

उनले मध्यरातमा स्टाटसबाटै आफनो पीडा पोखेका छन् ।  नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक खेल्न लागेको टी–२० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा गरे लगतै ब्याक टु ब्याट स्टाटस लेखेका हुन् ।

उनले  टाेली घाेषणाा भएपछि दुई वटा स्टाटस लेखेका थिए भने अन्तिम स्टाटस राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए । लामो समयपछि पहिलो पोस्टमा इमोजी मात्र पोस्ट गरे ।

दोस्रो स्टाटसमा आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । ‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले लेखेका छन् ।

तेस्रो स्टाटसमा भने यस षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्।’

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन् । जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ ।


प्रतिक्रिया

3 thoughts on “मध्यरातमा सन्दीपको पोस्ट- ममाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु

  1. सन्दिप बिनाको विश्व कपबाट कुनै आशागर्न सकिंदैन ।Pleasure tour मात्रै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर