युभेन्टसलाई कोपा इटालिया कपको उपाधि – Nepal Press

युभेन्टसलाई कोपा इटालिया कपको उपाधि

काठमाडाैं। कोपा इटालिया कपको उपाधि युभेन्टसले जितेको छ । युभेन्टसको लागि यो १५ औं कीर्तिमानी कोपा इटालियाको टाइटल हो ।
युभेन्टसले एटलान्टालाई १-० को साघुरो अन्तरले उपाधिमाथि कब्जा जमाएको हो ।

रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको एक मात्र गोलले युभेन्टसले कीर्तिमानी उपाधि चुमेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई खेलको अन्त्यतिर रातो कार्ड देखाईपछि उनले टचलाईन छोड्नु परेको थियो। खेल रेफ्रीको अनुरोधलाई नकारेपछि प्रशिक्षकलाई रेड कार्ड दिइएको थियो ।

एन्टलान्टाले भने सन् १९९३ पछि दोश्रो पटक च्याम्पियन बन्ने अवसर गुमायो । यो पटक एटलान्टा कोपा इटालिय कपसहित युरोपा लिगको फाइनलमा थियो । अब उस्ले जर्मन लिग च्याम्पियन लेभरकुसेनविरुद्ध डब्लिनमा हुने फाइनल खेल्ने छ । उक्त खेल आगामी साता हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर