‘बोक्सी’ केकीको स्टारडमले चल्यो कि स्क्रिप्टले ? दीपकराजलाई भाष्करले दिए जवाफ – Nepal Press

‘बोक्सी’ केकीको स्टारडमले चल्यो कि स्क्रिप्टले ? दीपकराजलाई भाष्करले दिए जवाफ

काठमाडौं । फिल्म चल्नलाई स्टार महत्त्वपूर्ण हो या स्क्रिप्ट ? अहिले सामाजिक सञ्जालमा छेडिएको बहस हो यो ।

निर्माता तथा कलाकार दीपकराज गिरीले ‘बोक्सीको घर’ को उदाहरण दिएर फिल्म स्टारले होइन स्क्रिप्टले चल्ने तर्क गरेका थिए ।

दीपकको स्टाटस थियो, ‘पोस्टरमा एक नायिका मात्रै छ, तर फिल्मको ओपनिङ मल्टिस्टार फिल्मभन्दा बलियो छ । त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानी गरौँ ।’

दीपकको कमेन्ट बक्समा आएर केकीले धन्यवाद पनि दिइन् । तर, कतिपयलाई उनको तर्क चित्त बुझेन । फिल्म प्रदर्शक भास्कर ढुंगानाले त सामाजिक सञ्जालबाटै जवाफ दिएका छन् । दीपकको नाम नलिईकन भास्करले केकीलाई कम आँकेकोमा उनको आलोचना गरेका छन् ।

ढुंगाना लेख्छन्, ‘…स्टारमा होइन, स्क्रिप्टमा लगानी गरौँ । अरे यार, केकी अधिकारी स्टार होइनन् ? एउटा पुरुष अलिकति कपाल कोरेर झूर अभिनय गरेर एउटा फ्लप फिलिममा खेल्दा स्टार बन्न सक्ने, तर केकीले कति वटा फिल्म खेलेपछि स्टारको उपाधि पाउने ? समस्या त्यहीँ होइन र ? कि हामीले बोक्सीको घर केकीको स्टारडमले चलेको होला भन्ने कुरा स्वीकार गर्न नसकेको ?’

हुन पनि बोक्सीको घरमा चिनिएको कलाकार एकजना केकी मात्रै छिन् । फिल्मले पहिलो दिनबाटै चकाचक व्यापार गरिरहेको छ । फिल्मको इनिसियल राम्रो हुनुमा ‘बुझिन मैले…’ गीतको पनि ठूलो हात रह्यो । यो गीतमा गरेको नृत्य र अभिनयबाटै केकीले प्रशंसा प्रशंसा कमाइसकेकी थिइन् ।

फिल्म रिलिज भएपछि उनी थप प्रशंसित बनिरहेकी छन् । चलचित्र हिट हुनुको सबैभन्दा ठूलो श्रेय उनैले पाउनेछिन् । यद्यपि, स्क्रिप्ट कमजोर थियो भने केही दिनमै दर्शक सुक्न पनि सक्थे ।


प्रतिक्रिया

2 thoughts on “‘बोक्सी’ केकीको स्टारडमले चल्यो कि स्क्रिप्टले ? दीपकराजलाई भाष्करले दिए जवाफ

  1. माग्दै हिड्ने जोगीलाई के थाह घरव्यवाहार चलाउन घरमुलि को के कस्तो भुमिका हुन्छ भनेर।।। कसो पुरुष स्टार कलाकार दिपक ज्यू

Leave a Reply

Your email address will not be published. Required fields are marked *