म्यासेन्जरमा चिटिङ गराउने शिक्षक हाजिरी जमानीमा छुटे, बरामद भएका मोबाइल फरेन्सिक ल्याबमा पठाइने – Nepal Press

म्यासेन्जरमा चिटिङ गराउने शिक्षक हाजिरी जमानीमा छुटे, बरामद भएका मोबाइल फरेन्सिक ल्याबमा पठाइने

दाङ । कक्षा १२ को परीक्षामा म्यासेन्जर ग्रुपबाट चिटिङ गराएको अभियोगमा पक्राउ परेका दुईजना शिक्षक आज हाजिरी जमानीमा छुटेका छन् ।

फेसबुक म्यासेन्जर मार्फत कक्षा १२ का विद्यार्थीलाई चिटिङ गराएको पाइएपछि हिमाल ऐकाडेमी तुलसीपुरका विशेष श्रेष्ठ र शहीद स्मृति मावि बनकट्टीका शिक्षक यज्ञ केसीलाई प्रहरीले वैशाख १८ गते पक्राउ गरेको थियो ।

उनीहरूलाई बोलाएको बेला उपस्थित हुनेगरी आफन्तको जिम्मा लगाइएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिए ।

डीएसपी पोखरेलका अनुसार परीक्षार्थीबाट बरामद भएका चिट चोर्न प्रयोग गरिएका मोबाइल डिजिटल फरेन्सी ल्याबमा पठाइने र त्यसको रिपोर्टका आधारमा थप कार्वाही प्रक्रिया अघि बढाइने छ ।

प्रहरीका अनुसार चिटिङ गर्न बनाइएका ग्रुपमा राखिएका प्रश्र र उत्तर रिमुभ गरिएको छ । रिमुभ गरिएका सामग्री रिकभरकालागि फरेन्सी ल्याबमा पठाउन लागिएको हो ।

तुलसीपुर उपमहानगरले अनुगमनका क्रममा तुलसीपुरका ज्ञानज्योती,तुलसी,हिमाल ऐकाडेमी,रक्षाचौर मावि लगाएतका विद्यालयका परीक्षार्थीबाट बरामद भएका मोबाइल प्रहरीलाई जिम्मा लगाएको छ ।

 


प्रतिक्रिया

One thought on “म्यासेन्जरमा चिटिङ गराउने शिक्षक हाजिरी जमानीमा छुटे, बरामद भएका मोबाइल फरेन्सिक ल्याबमा पठाइने

  1. 2 Barsha samma padhaune Ani final exam ma cheat choraune vay…baru akai patak 11 ra 12 ko exam ma matrai aaune garay vaigo ni…duniya Dari over time, tuition, extra class pre-exam, monthly exam kina garauxan? Sab business ho all total kamaune matrai xan…class ma tight akdam hard rules but exam ma yasto x result😡🤬

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर