सामाजिक सञ्जालमा भाइरल भेलुबाजेको मृत्यु – Nepal Press

सामाजिक सञ्जालमा भाइरल भेलुबाजेको मृत्यु

काठमाडौं । सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु भएको छ । प्यूठान अस्पतालमा उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।

भेलुवाजेका ज्वाईंले बताएअनुसार आज अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेलुवाजेलाई १ बजेतिर अस्पताल पुर्याइएको थियो ।

उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको उनले बताए । भेलुवाजेलाई निमोनिया र स्वासप्रश्वासको समस्या रहेको बताइएको छ ।

६ महिना अगाडि मात्रै भेलुवाजेले श्रीमती गुमाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *