६ सहायक सिडिओसहित हेरफेरसहित गृहका ७ उपसचिवको सरुवा (सूचीसहित) – Nepal Press

६ सहायक सिडिओसहित हेरफेरसहित गृहका ७ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले विभिन्न ६ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीसहित ७ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईलाई इलाका प्रशासन कार्यालय दमक, झापामा कार्यालय प्रमुखको जिम्मेवारीमा सरुवा गरेको छ भने रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी उत्तमकुमार घिमिरेलाई पर्साको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

यस्तै सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवलाई रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनालाई इलामको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

मन्त्रालयले लोकमान श्रेष्ठलाई मकवानपुर, भीमराज कोइरालालाई सिरहा, जितेन्द्रकुमार यादवलाई सप्तरीमा सहायक प्रमुख जिल्ला अधिकारी पदमा पदस्थापन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर