प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित – Nepal Press

प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।

हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरुबीच कुरा नमिल्दा बैठक बस्न सकेन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास जनाएको बताइएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ । तर, सहकारी प्रकरणमा समिति गठन हुने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलको लागि आज बालुवाटार बोलाएका छन् । त्यसअघि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर