हात्तीको आक्रमणबाट मकवानपुरमा एकजनाको मृत्यु – Nepal Press

हात्तीको आक्रमणबाट मकवानपुरमा एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ का ५५ वर्षीय काले बहादुर राइको मृत्यु भएको छ ।

भैंसी चराउन गएका अवस्थामा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आएको जंगली हात्तीको आक्रमणबाट राइको ज्यान गएको हो । राइसङ्ग गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए ।

राइलाई आक्रमण गरेपछि अन्य दुइजनाले नजिकैको नेपाली सेनालाइ खबर गरेपछी सेनाको टोलिले खोजिगर्दा राइको शव भेटेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *