१३ वर्षिया बालिकाले किन लिइन् कठोर निर्णय ? प्रिन्सिपलले शारीरिक र मानसिक यातना दिएको आरोप – Nepal Press

१३ वर्षिया बालिकाले किन लिइन् कठोर निर्णय ? प्रिन्सिपलले शारीरिक र मानसिक यातना दिएको आरोप

सुर्खेत । रुकुम पश्चिमकाे भ्याली पब्लिक बोर्डिङ स्कुलमा अध्ययनरत १३ वर्षिया बालिका सृष्टि गौतम केहीअघि आफ्नै घरको कोठाभित्र मृत भेटिइन् । उनको आत्महत्यामा परिवारले विद्यालयकी प्रिन्सीपल पुष्पा लामिछाने साहलाई दोष लगाएका छन् ।

परिवारजनका अनुसार प्रिन्सीपलकी छोरी शुभलक्ष्मीसँग सृष्टीको मित्रता झांगिएको थयो । आफ्नी छोरीलाई बिगारेको भन्दै प्रिन्सीपल साहले सृष्टीलाई मानसिक तथा शारीरिक यातना दिने गरेको परिवारको आरोपछ । प्रहरीले प्रिन्सीपल र विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ ।

सृष्टी र शुभलक्ष्मी सो विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । केही समय पहिला शनिबारको दिन विद्यालयका साथीहरू मिलेर जाजरकोट घुम्न जाने योजना बनाए । रुकुम पश्चिमदेखि जाजरकोट नजिकै पर्छ ।

सृष्टिले भने आफूसँग खाजा खाने र घुमघाम गर्ने पैसा नभएको साथीलाई बताइन् । त्यसपछि शुभलक्ष्मीले उनलाई पैसाको चिन्ता नलिन भनेकी थिइन् । उनले आफूसँग भएको २०० रुपैयाँ सृष्टीलाई दिइन् । शुभलक्ष्मीले घरमै आएर सृष्टीलाई जाजरकोट लिएर गएको दिदी सिर्जना गौतमले नेपाल प्रेसलाई बताइन् । त्यसपछि नै प्रिन्सीपल र उनकी दिदीले आफ्नी छोरीलाई बिगारेको भन्दै सृष्टीलाई मानसिक यातना दिन थालेको गौतमको भनाइ छ ।

सृष्टि र शुभलक्ष्मीसँग फोन थिएन । प्रिन्सीपल साहले उनीहरुसँगै जाजरकोट घुम्न गएका साथीहरूलाई ‘ती दुईटीलाई घर पठाइदेऊ’ भन्दै फोन गरेकी थिइन् । त्यसपछिसृष्टी र शुभलक्ष्मी छिट्टै घर फर्केका थिए ।

त्यस दिन प्रिन्सिपलले दुवै जनालाई घरमा बोलाइन् । घरभित्र सृष्टीमाथि प्रिन्सीपलले कुटपिट गरेको दावी गरिएको छ । तर, सृष्टिले भने घरमा केही पनि नसुनाएको दिदी सिर्जना बताउँछिन् ।

आइतबार स्कुल गएपछि सृष्टीले साथीसँग प्रिन्सिपलले यातना दिने गरेको सुनाएकी थिइन् । प्रिन्सिपलले पिटेको निलो डाम र लट्ठीले हानेर सुम्ला बसेकोसमेत साथीलाई देखाएकी थिइन् ।

३÷४ हप्तादेखि कुटपिट र यातना दिने गरेको सिर्जनाको भनाइ छ । शुक्रबार विद्यालयमा नृत्य प्रतियोगिता थियो । त्यस दिन पनि कार्यक्रम छोडेर सृष्टीलाई कक्षा कोठाभित्र लगी ढोका लगाएर ४ जना शिक्षिकाले पिटेको देखेको केही विद्यार्थीले बताएका छन् । सृष्टीको साथी सिमरन गिरि र प्रिन्सिपलकी दिदीको छोरी (सृष्टिको साथी) सहित अन्य दुईजना शिक्षिकाहरू उक्त कोठामा थिए । विद्यार्थीका अनुसार दुईजना शिक्षिकाले सृष्टीलाई पिटेका हुन् ।।

सृष्टी विद्यालयबाट घर नपुग्दै प्रिन्सिपलकी दिदीले सृष्टीको आमालाई फोन गरेर सोधिन्, ‘बुहारी तिमी कहाँ छौ ?’ सृष्टीको आमाले आफू घरमै भएको बताइन् । (प्रिन्सिपलको दिदी र सृष्टिको आमा गाउँले नाताले फूपू भदै पर्छन् ।) प्रिन्सिपलले सृष्टी र आफ्नो छोरीले झगडा गरेको भन्दै राम्रोसँग सम्झाउन भनिन् । सृष्टीकी आमाले छोरी घर आएपछि कुरा बुझ्ने जवाफ दिइन् ।

केही समयपछि सृष्टी घर पुग्छिन् । आमाले स्कुलबाट फुपूको फोन आएको भन्दै झगडाको विषयमा सोधिन् । सृष्टीले भनिन्, ‘मलाई टेन्सन नगराउ, त्यो प्रिन्सिपलले मलाई टार्केटमा राखेकी छन्, प्रेसर दिएकी छन् ।’ यति भनेर उनी सरासर आफ्नो कोठामा गइन् । त्यसको केही बेरपछि सृष्टप्की आमाले उनलाई खाजा खान बोलाउन जाँदा कोठाभित्रै झुन्डिएको अवस्थामा भेट्टाएकी थिइन् ।

सृष्टीको शरीरमा हेर्दा कुनै खालको चोटपटक भने नदेखिएको दिदीको भनाइ छ । तर मानसिक यातना दिएकाले आफ्नो बहिनीले यस्तो निर्णय लिएको उनको भनाइ छ ।

दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा जाँदा प्रिन्सीपलले सृष्टीका आफन्तलाई फोन गरेर ‘जे हुनु भइहाल्यो, इलाका प्रहरी कार्यालयमा नै मिलौं’ भनेको सृष्टीकी दिदीले बताइन् । घटनाबारे थप अनुसन्धान भइरहेको र म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेन्द्र खड्काले जानकारी दिएका छन् ।


प्रतिक्रिया

One thought on “१३ वर्षिया बालिकाले किन लिइन् कठोर निर्णय ? प्रिन्सिपलले शारीरिक र मानसिक यातना दिएको आरोप

  1. यस्ता फटाहा शिक्षकलाई गु ख्वाउनु पर्ने।कडा भन्दा कडा सजाय पाउनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *