एमाले बागमती प्रदेश अधिवेशनको लोगो तयार – Nepal Press

एमाले बागमती प्रदेश अधिवेशनको लोगो तयार

काठमाडौं । नेकपा एमाले प्रथम बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन असोज ८-९ गते काठमाडौंमा  हुँदैछ । कमिटीको प्रचारप्रसार समितिले निर्माण गरेको लोगो पदाधिकारी र इन्चार्जको सुझावअनुसार टुंगो लगाइएको प्रचार तथा प्रकाशन विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए ।

लोगोमा बागमती प्रदेशभित्रका हिमाल, पहाड र तराईको भू-भाग दर्शाउने आकृति, सांस्कृतिक, धार्मिक पहिचानका र जातजाति, भेषभूषा, जीवजन्तु साथै यहाँको परिवर्तन र शहीदहरूको स्मरण गरिएको छ । अब समृद्ध बागमती प्रदेश निर्माणका लागि एमालेकै नीति र नेतृत्व आवश्यक छ, भन्ने झल्काउन एमालेको झण्डा र चुनाव चिन्ह सूर्य सजाइएको बर्तौलाले बताए ।

असोज ८ मा उद्घाटन हुने यो अधिवेशनलाई एमालेले राष्ट्रिय महाधिवेशनको झल्को दिनेगरी तयारी गरिरहेको छ । राजधानी सहरसमेत जोडिएको यस प्रदेशमा उद्घाटनका बेला मानवसागर उतार्ने तयारी भइरहेको अध्यक्ष केशव देवकोटाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर