बीपी साहित्य महोत्सव तयारी समितिमा ११ सदस्य थप – Nepal Press

बीपी साहित्य महोत्सव तयारी समितिमा ११ सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव २०८० तयारी समितिमा ११ सदस्यीय थप भएका छन् ।

पार्टीको बैठकको निर्णयानुसार भदौ २४ देखि २६ सम्म हुने महोत्सव गर्न सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा गठित समितिमा ११ सदस्य थप गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

समितिमा मीनाक्षी झा, सुजाता परियार, लक्ष्मी परियार, डा चन्द्रमोहन यादव, सुशीला मिश्र भट्ट, डा तुलसी भट्टराई, डा विष्णुविभु घिमिरे, डा वेञ्जु शर्मा, वियोगी बुढाथोकी, गेजा शर्मा वाग्ले र शिव लम्साल रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर