एमाले लुम्बिनी अधिवेशन : प्यूठानले पठायो हरि रिजालको सदस्यता विवरण – Nepal Press

एमाले लुम्बिनी अधिवेशन : प्यूठानले पठायो हरि रिजालको सदस्यता विवरण

रुपन्देही । नेकपा एमाले प्यूठानले पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवार रहेका हरि रिजालको सदस्यता रहेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । रिजाल केन्द्रीय सदस्य भएकाले उनको पार्टी सदस्य काठमाडौं गएको र उनको प्रतिनिधित्व वैधानिक नभएको भन्दै बुटवलमा जारी प्रदेश अधिवेशनको निर्वाचन समितिमा उजुरी परेपछि एमाले प्यूठान जिल्ला कमिटीले यस्तो जानकारी पठाएको हो ।

एमाले प्यूठानका जिल्ला अध्यक्ष विजय विराज विष्टले प्यूठानको नौबहिनी गाउँपालिका वडा नं ६ मा बस्ने हरि रिजालको जन्म ०२२/८/२ मा भएको र उनको संगठित सदस्य प्राप्त मिति ०४७/३/१९ मा रहेको तथा संगठित सदस्यता नम्बर १७५१ रहेको जानकारी निर्वाचन आयोगलाई दिएका छन् ।

यो पत्र उनले पार्टीको लुम्बिनी प्रदेश कमिटीलाई पनि बोधार्थ पठाएका छन् । तर, पत्रमा अहिले नवीकरण भएको मिति खुलाइएको छैन । उजुरी दिने पक्षले भने रिजालको सदस्यता अहिले जिल्लामा नभएको रेकर्ड पार्टी केन्द्रमा भएको भन्दै प्रश्न उठाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर