मेस्सी चम्किरहेको लिग्स कप कस्तो प्रतियोगिता हो ? – Nepal Press

मेस्सी चम्किरहेको लिग्स कप कस्तो प्रतियोगिता हो ?

काठमाडौं । लियोनल मेस्सी भित्रिएयता अमेरिकी मेजर लिग सकर-एमएलएस क्लब इन्टर मियामी चम्किइरहेको छ ।

आफ्नो क्लब इतिहासमा मियामीले यति धेरै चर्चा र सफलता यसअघि प्राप्त गरेको थिएन । क्लबले खेल्ने प्रतियोगिताहरुमा मियामले उपाधि दावेदार हैसियत देखाउन सकिरहेको थिएन । तर मेस्सीसहितको मियामी जारी लिग्स कपको फाइनलमा पुगेको छ ।

मेस्सीले ६ खेलमा ९ गोल गरेका छन् । उनले मियामीका लागि खेलेका हरेक खेलमा गोल गरिरहेका छन् । लिग्स कप, एमएलएस क्लब र मेक्सिकोको प्रिमियर लिग क्लबहरु सबैले प्रतिस्पर्धा गर्न पाउने प्रतियोगिता हो ।

बुधबार बिहान प्राप्त जितले इन्टर मियामी युरोपको युरोपियन च्याम्पियन्स लिगजस्तै मानिने उत्तर, मध्य अमेरिका तथा क्यारेबियन (कन्काफ) च्याम्पियन्स कपमा स्थान पक्का गरेको छ । मियामीले हालसम्म क्लब फुटबलमा उपाधि जित्न सकेको छैन । इन्टर मियामीले लगातार छैटौँ खेलमा जित हात पारेको हो र यसअघि यतिधेरै खल लगातार जितेको पनि थिएन ।

मियामीले उपाधिका लागि अब शनिबार नासभिल एससीको सामना गर्ने छ। ‘हाम्रो उदेश्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनु थियो र त्यो आज पुरा भएको छ’, मियामीका प्रशिक्षक जेर्रार्डो मार्टिनोले भनेका छन्, ‘अब हामी उपाधिका लागि तयारी गर्छौ ।’

लिग्स कपमा मेक्सिकोका १८ र एमएलएसका २९ गरी कुल ४७ क्बलले प्रतिस्पर्धा गरेका थिए । पहिलोपटक सबै क्लबलाई सहभागि गराइएको हो जसका कारण मियामीले पनि लिग्स कप खेल्न मौका पाएको थियो ।

यो प्रतियोगिताबाट ३ टोली कन्काफ च्याम्पियन्स लिगका लागि छनोट हुन्छन्। कन्काफ च्याम्पियन्स लिगको विजेताले क्लब विश्वकप खेल्ने मौका पाउने छ जहाँ महादेशीय च्याम्पियन्स लिग विजेताहरुको भेट हुने छ। सन् २०१८ मा स्थापना भएको इन्टर मियामीले सन् २०२० देखि एमएलएस खेल्न थालेको हो ।

क्लबमा अहिले बार्सिलोनामा सँगै खेलेका सर्जियो बुस्केटंस, जोर्दी अल्बा र मेस्सी एकसाथ छन्। बार्सिलोना, अर्जेन्टिना, उरुग्वे, पाराग्वेजस्ता देश र क्लबहरुको प्रमुख प्रशिक्षक भएर काम गरिसकेका जेर्रार्डो मार्टिनो यसै सिजन मियामीको जिम्मेवारीमा भित्रिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *