एनआईसी एसियाका कर्जा ग्राहकहरुले पाउने छुट योजना सार्वजनिक – Nepal Press

एनआईसी एसियाका कर्जा ग्राहकहरुले पाउने छुट योजना सार्वजनिक

काठमाडौं । एनआईसी एसिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुले पाउने सुविधा सार्वजनिक गरेको छ ।

२०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठभित्र चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएके छ । त्यस्तै साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना बैंकले ल्याएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सकिने बैंकले जनाएको छ ।

बैंकले यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आआफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको स्पष्ट पारेको छ ।

बैंकले ल्याएको छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने र देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं दिगो सबलीकरणमा टेवा पुग्ने विश्वास लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *