राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान – Nepal Press

राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान

काठमाडौं । एनआईसी एसिया बैंकले साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

ललितपुरस्थित होटल हिमालयनमा सोमबार विशेष कार्यक्रम गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो ।

बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको हो ।

उक्त कार्यक्रमबीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरसमेत घोषणा गरेको छ ।

पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टीम वर्क, स्पोर्टम्यानशिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिँदै फाइनलसम्म पुगेर उपविजेता बन्न सफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *