दही चिउराको व्यापारबाट मासिक ५० हजार आम्दानी (भिडिओ) – Nepal Press

दही चिउराको व्यापारबाट मासिक ५० हजार आम्दानी (भिडिओ)

सुर्खेत । वीरेन्द्रनगर–१४ स्थित कटुकुवामा दही चिउराको व्यापार गर्दै आएकी बालकुमारी देवकोटाले मनग्य आम्दानी गर्दै आएकी छन् ।

विगत १८ वर्ष देखि कटुकुवामा सानो टहरो बनाएर दही, चिउरा, चना, अण्डा, चिया जस्ता खाजा बनाउने र बेच्ने गर्छिन् ।

देवकोटाले यही व्यापारबाट मासिक ५० हजार भन्दा बढी आम्दानी गर्ने गरेकी छन् । देशमा आर्थिक मन्दी भइरहँदा उनको व्यापारमा भने खासै असर नपरेको उनी बत्ताउँछिन् । यही व्यापारबाट घर खर्च चलाएर पनि ५० हजार जति बचत गर्ने गरेको देवकोटाको भनाइ छ ।

उक्त स्थानमा दुई वटा मात्रै टहरा भएको हुँदा साँझमा घर बस्न जाने र बिहान आएर व्यापार गर्ने गरेको उनी बत्ताउँछिन् ।

सामुदायिक वनले उनीहरूले भनेको जस्तो होटेल बनाउन दिएको छैन । काठ र जस्तापाताले घरबार गरेर व्यापार गर्ने गरेका छन् ।

यदि व्यवस्थित होटेल बनाएर सञ्चालन ग¥यो भने धरैले होटेल बनाउँछन् र वन मासिन्छ भनेर सामुदायिक वनले बस्ने नदिने व्यवस्था गरेको छ ।

अस्थायी रूपमा बनाएका टहराबाट चोरी हुने अप्रिय घटना घटने जस्ता कार्यहरू अहिलेसम्म नभएको त्यहाँ व्यवसायीहरू बताउँछन् । कोठिकाडाँमा प्रहरी चौकी बसेको हुनाले पनि यस्ता घटना नघटेको उनीहरूको भनाइ छ ।

यस्तै, कटुकुवामा नै व्यवहार गर्दै आएका पुष्कर शाहीको परिवारले २०६३ सालबाट व्यापार गर्दै आएका छन् । पर्यटकीय क्षेत्र भएको हुँदा मनोरम दृश्य हर्न, घुम्न र दही चिउरा खानका लागि आउने गरेको बताए ।

साथै, कटुकुवामा घुम्न आएका आन्तरिक पर्यटक मनोज न्याैपानेले सुर्खेत भ्याली हेर्न आएको बताए ।

कटुकुवामा काठको कुवा भएको हुँदा कटुवा नामकरण गरिएको त्यहाँका स्थानीयहरूको भनाइ छ । कर्णाली राजधानी देखि कटुकुवा जान २०÷२५ मिनेट लाग्छ ।

वीरेन्द्रनगर बजार देखि केही माथि उचाइमा रहेको कटुकुवा दही चिउराका लागि प्रख्यात ठाउँ भनेर पनि चिनिन्छ । कटुकुवाबाट वीरेन्द्रनगरको भ्याली नियाल्न सकिने छ । कटुकुवाका पसलहरूमा दही चिउरा खान मात्रै नभएर रमाउने ठाउँमा पनि उतिकै राम्रो छ ।

सालघारीको बिचमा रहेको कटुकुलाई पिकनिक स्पटका रूपमा पनि मानिँदै आएको छ । टिकटक भिडियो बनाउने, परिवारसँग रमाइलो गर्न जानेको उतिकै भिड देख्न सकिन्छ । धेरै जसो बिदाको दिनमा आन्तरिक पर्यटकको घुइँचो देख्न सकिन्छ ।

साथै, प्रदेश सरकारले कटुकुवालाई पिकनिक स्पट बनाउनका लागि बजेट छुटाएको वीरेन्द्रनगर नगरपालिका–७ का वडा अध्यक्ष ध्रुव कुमार चपाईँले जानकारी दिए ।

यस्तै, हरित पार्क बनाउनका लागि डिपिआर बनेको छ तर डिपिआर बनाएको लामो समय भइसक्दा पनि कार्यान्वयन भने हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर