मेस्सी लगातार उच्च लयमा, इन्टर मियामी प्रि- क्वाटरफाइनलमा – Nepal Press

मेस्सी लगातार उच्च लयमा, इन्टर मियामी प्रि- क्वाटरफाइनलमा

न्यूयोर्क । लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी लिग्स कपको प्रि-क्वाटरफाइनल पुगेको छ। इन्टर मियामीले बिहीबार बिहान भएको खेलमा ओर्लान्डो सिटीलाई ३–१ गोलले पराजित गर्‍यो।

मियामीको जितमा मेस्सीले २ गोल गरे। जोसेफ मार्टिनेजले एक गोल गरे। मेस्सीले ७ औँ मिनेटमा अग्रता दिलाएका थिए। तर १७ औं मिनेटमा ओर्लान्डो बराबरीमा पुगेको थियो। मार्टिनेजले ५१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए।

मेस्सीले ७२ औँ मिनेटमा मार्टिनेजको पासमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। उनले मियामीका लागि खेलेका हरेक खेलमा गोल गरिरहेका छन्। उनीले ३ खेलमा ५ गोल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *