महिन्द्रा पावरोल डिजेल जेनरेटरको डिलर विराटनगरमा – Nepal Press

महिन्द्रा पावरोल डिजेल जेनरेटरको डिलर विराटनगरमा

विराटनगर । महिन्द्रा पावरोल डिजेल जेनरेटरको डिलर विराटनगरमा खुलेको छ । अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल जेनरेटरको डिलरको बुधबार विराटनगरमा उद्घाटन गरे ।

पावरोल डिजेल जेनरेटरको नेपालको आधिकारिक विक्रेता अग्नि ग्रुप हो । अग्नि ग्रुपसँग पावरोलको विराटनगरका लागि डिलर सिप भने एम एस प्याक्ट पावर प्रालिले लिएको छ । अग्नि ग्रुपले महिन्द्रा युटिलिटि भेहिकल, ट्र्याक्टर तथा इलेक्ट्रिक सवारी साधनहरूको आयात तथा वितरण गर्दछ ।

सो रुमको उद्घाटन गर्दै, अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल नेपालको जेनरेटर उद्योगमा अग्रणी रहेको र सबै रोजाइमा रहेको दाबी गरे । उनले सेवा विस्तारका क्रममा आफूहरू विराटनगरमा पनि आएको र विराटनगरमा उत्कृष्ट सेवा प्रदान गर्ने बताए ।

उनले विराटनगरको डिलर मार्फत पावरोल जेनरेटरको बिक्री, सामानहरूको बिक्री र सर्भीसिङ्ग हुने बताए ।
उनले पावारोल जेनरेटरको डिलर नेपालभर रहेकाले यसका सामान र मर्मत सबै तिर सजिलै पाइन बताए । जेनरेटर पूर्वाधार निर्माण,होटल, अस्पताल, बैङ्क र सरकारी कार्यालयहरूमा प्रयोग गर्न उपयुक्त भएको जानकारी दिए ।

महिन्द्रा पावरोल जेनरेटरका ५ केभी ए देखि ६२५ केभी ए सम्मका २८ मोडेलहरू नेपालमा उपलब्ध रहेका छन् ।
पावरोल जेनरेटर विश्वस्तरीय महिन्द्रा इन्जिन र लेरोय-सोमरको अल्टरनेटर युरोपेली प्रविधिबाट प्रयोग गरेर बनाइएको एम एस प्याक्ट पावर प्रालीका म्यानेजिङ डाइरेक्टर दर्शन कार्कीले बताए ।

कार्कीले महिन्द्रा पावरोल डिजेल जेनरेटरहरूले कम ध्वनि प्रदूषण गर्ने र अधिक ईंधन बचत गर्ने दाबी गरे । उनले आफ्नो डिलर मार्फत ग्राहकलाई २४ घण्टा सेवा दिने बताए । विराटनगर स्थित महिन्द्रा पावरोल डिजेल जेनरेटरको डिलरबाट आवश्यक जेन्युन स्पेयर पार्ट्स समेत उपलब्ध हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर