क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयोः अध्यक्ष न्यौपाने (भिडिओ) – Nepal Press

क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयोः अध्यक्ष न्यौपाने (भिडिओ)

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आएको बताएका छन् ।

मंगलवार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा बोल्दै अध्यक्ष न्यौपानेले बताएका हुन् । उनले क्रसर व्यवसायीहरुको बदनामी गर्ने ढङ्गले प्रशासन चलाउनेहरुबाट प्रचारप्रसार भएको बताउनु भयो। उहाँले क्रसर उद्योगहरु बन्द नै होस् भन्ने ढङ्गले स्वार्थ समूह लागि परेको विषयमा क्रसर व्यवसायी चिन्तित रहेको बताए ।

अध्यक्ष न्यौपानेका अनुसार निजी क्षेत्रको क्रसर उद्योग क्षेत्रमा करिव ४० अर्ब लगानी रहेको छ । मेसिनहरुमा लगाएको लगानी जोड्दा २ खर्ब बढी लगानी रहेको छ । उनले क्रसर उद्योगहरुले सरकारको कानूनी प्रक्रिया पूरा गरेको छैन भने बाँकी प्रक्रिया सरकारले पुष्टि गर्न आवश्यक रहेको बताए ।

उनले नेपाल सरकारको नीति अनुसार क्रसर व्यवसयायीहरुले अनुमति लिएर वित्तीय संस्थाहरुको ऋणमार्फत उद्योग सञ्चालन आएको बताए । धेरै लगानी गरेर पनि मुलुकको कानूनसम्मत रुपमा सञ्चालनमा रहेका उद्योगहरुको नविकरण तत्काल गर्नुपर्ने उनको भनाइ छ । उनले नविकरण नहुँदा धेरै कुराहरु बैंकमा खाता समेत खोल्न समेत नपाएको बताए । उनले क्रसर उद्योगहरुको लागि सरकारले ल्याएको मापदण्ड मुलुकलाई अपराध गर्ने समूहले ल्याएको दाबी गरे ।

महासंघले क्रसर व्यवसायीहरु जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरुमा कर,दस्तुर, शुल्क लगायत राजश्व रकम बुझाउन जाँदा पत्रमा नविकरणका भाषा स्पष्ट नभएको कारण भन्दै रकम बुझ्न नमानेको र उद्योगहरु नविकरण समेत नभएको बताएको छ । व्यवसायीहरुले माघमा मन्त्री परिषद्ले गरेको निर्णयमा स्पष्ट क्रसर उद्योगहरु निरन्तर नविकरण गर्न लिखित निर्देशन आएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर