ट्रु मीका उत्पादन अब नेपाली बजारमा – Nepal Press

ट्रु मीका उत्पादन अब नेपाली बजारमा

काठमाडौं । अमेरिकी प्रविधिबाट उत्पादित ट्रु मी (True Me) का व्यवसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा बिक्री वितरण प्रारम्भ भएको छ ।

काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु मीका विभिन्न उत्पादन औपचारिक सार्वजनिक गरेका हुन् ।

आजबाटै देशभरि बिक्री वितरण प्रारम्भ हुने नेपालका लागि कारोबारको आधिकारिता पाएको कम्पनी ट्रु ड्रमा एसए प्रालिका अध्यक्ष मुरारकाले जानकारी दिए ।

नेपालमा ट्रु ड्रमाका विभिन्न उत्पादन बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रुपमा ट्रु मी (True Me) का उत्पादन समेत बिक्री वितिरण सुरु गरेको उनले बताए ।

‘ट्रु मीका उत्पादनहरुलाई हामीले तीन महिनादेखि नेपाली बजारमा परीक्षणस्वरुप बिक्री वितरण गरेका थियौं, बजारमा सकारात्मक प्रतिक्रिया पायौं । जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साही बनाएको छ’, ट्रु ड्रमा एसएका अध्यक्ष मुरारकाले भने, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पायौं ।’

नायिका स्वस्तिमा खड्काले टु« ड्रमाले उत्पादन गरेका सामग्री गुणस्तरीय हुने र अमेरिकी प्रविधिबाट उत्पादित ट्रु मीका विभिन्न उत्पादनहरुसमेत गुणस्तरीय र प्रभावकारी हुने भएकाले यो ब्राण्डसँग आफू जोडिएको बताइन् ।

कार्यक्रममा ट्रु मीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर व्युटी स्पेसलिस्ट रुश्का वैद्य श्रेष्ठले भनिन्, ‘क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रु मीका उत्पादन विश्वासयोग्य छन् । यी सामग्रीमा कुनै हानीकारक तथा रसायनसमेत नरहेकाले सबैले प्रयोग गर्न उपयुक्त छ ।’

नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रु मीका हेयर केयरका उत्पादन उपलब्ध हुने कम्पनीले जनाएको छ । बजारमा उपलब्ध सामग्रीहरुमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ्क, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध रहेका छन् ।

त्यसैगरी गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), ओवाटोन पपया कलेक्सन (फेस स्क्रब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), स्किन ह्वाइटनिङ प्रोड्क्ट (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क) र रोज फेस टोनरलगायत कस्मेटिक उत्पादनहरु छन् ।

ट्रु मीका हेयर केयर र स्किन केयरका सामग्रीहरु सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेकोे कम्पनीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर