सेजोङ इन्स्टिच्युट र कोरियाको नामसोल विश्वविद्यालयबीच सम्झौता – Nepal Press

सेजोङ इन्स्टिच्युट र कोरियाको नामसोल विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । काठमाडौंस्थित चाबहिल केएल टावरमा सेजङ इन्टरनेशनल इन्स्टिच्युटले कार्यालय उद्घाटनसँगै दक्षिण कोरियाको नामसोल विश्वविद्यालयसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै नेपाली विद्यार्थीलाई नामसोल विश्वविद्यालयमा अध्ययन गर्न जाने बाटो खुलेको छ ।

विश्वविद्यालयका प्रोफेसर डा. जु सेइजिन, प्रोफेसर सिर्जना थापा र इन्स्टिच्युट अध्यक्ष शान्तिकला राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । वङहोङ युनिभर्सिटीबाट आएका विद्यार्थी र सोजोङका विद्यार्थीबीच अन्तरक्रियासमेत गरिएको थियो । बिच अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

इन्स्टिच्युटका प्रबन्धक प्रवीन कुलुङ राईले आगामी योजना प्रस्तुत गरे । दक्षिण कोरियामा नेपालीहरूको प्रमुख गन्तव्य बनिरहेको भन्दै कार्यक्रममा यसले दुई देशबीचको भाषा, संस्कृति र सम्बन्ध साटासाट र सुदृढमा टेवा पुग्ने चर्चा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर