आर्थिक वर्षको पहिलो कारोबार दिनमा शेयर बजारमा उत्साह, ४७ अंकले बढ्यो नेप्से – Nepal Press

आर्थिक वर्षको पहिलो कारोबार दिनमा शेयर बजारमा उत्साह, ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को पहिलो कारोबार दिन शेयर बजारमा उत्साह छाएको छ ।

सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ७६ लाख ३४ हजार १९० कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आजको कारोबारमा बिपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । भने कारोबारका आधारमा शिभम सिमेन्टस १४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । उपसमूहतर्फ रहने १३ वटा समूहमा एक समूह बाहेक बाकि १२ वटै समूहको सेयरमुल्य बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर