चर्चित युट्युवर कुशल पोखरेलविरुद्ध सट्टेबाजीमा मुद्दा दायर – Nepal Press

चर्चित युट्युवर कुशल पोखरेलविरुद्ध सट्टेबाजीमा मुद्दा दायर

काठमाडौं। प्रहरीले चर्चित युट्युवर कुशल पोखरेलविरुद्ध पनि सट्टेबाजीमा मुद्दा दायर गरेको छ। मोरङको विराटनगर-४ स्थायी घर भएका २४ वर्षीय कुशललाई फरारमा राखेर अभियोग पत्र दायर भएको छ।

९ जना युट्युबर तथा कलाकार र वान एक्स बेट कारोबारी दिनेशी खड्का र उनकी श्रीमती अनिता धितालसहित ११ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरिएको छ। सट्टेबाजी सम्बन्धी कसुर र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अभियोग लगाइएको छ।

युट्युबर तथा कलाकारले वान एक्स बेटको प्रोमो कोड प्रयोग गरेर प्रवर्द्धन गरेको र आर्थिक लाभ लिएको आरोप लागेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *