वाग्नर समूहको विश्वभर उपस्थिति : भेनेजवेला, सिरियादेखि लिबियासम्म – Nepal Press

वाग्नर समूहको विश्वभर उपस्थिति : भेनेजवेला, सिरियादेखि लिबियासम्म

काठमाडौं । गत शनिवार भएको सैन्य विप्लव प्रयास गरेपछि रुसी भाडाका सैनिक प्रयोग गर्ने निजी सैन्य कम्पनी वाग्नर धेरै चर्चामा छन् ।

वाग्नरले युक्रेनमा रुसी सेनालाई सहयोग गरेको थियो । त्यही सहयोगको आभारमा रुसले वाग्नर प्रमुख र सदस्यहरूलाई रुसले कुनै कारबाही गरेन ।

झन्डै पचास हजार सैनिकहरू भएको वाग्नर एसिया देखी युरोप हुँदै अफ्रिकासम्म धेरै देशमा फैलिएको छ ।

जर्मनीको विश्व समाचार च्यानल डिडब्लुका अनुसार वाग्नर फैलिएका विश्वभरका क्षेत्रहरू यी हुन:

१. सुडान

सुडान रुसको धेरै प्रभाव भएको अफ्रिकी देश मानिन्छ । सुडानमा वाग्नर समूहले सुन, युरेनियम देखी सिलिकन भण्डारणको रक्षा गर्ने गरेको छ । अमेरिकी अधिकारीहरूले निजी फाइदाका लागी सुडानका प्राकृतिक स्रोतहरु वाग्नरको नाममा दुरुपयोग भएको आरोप लाइरहेका छन् ।

२. माली

सन २०२१ मा सैन्य सत्ता हाबी भएसँगै मालीमा वाग्नर समूह सक्रिय भएको बताइन्छ । वाग्नर समूहलाई हत्या, हिंसा र आतंकको पर्यायको रूपमा चित्रित गर्ने गरिएको छ ।

३. सेन्ट्रल अफ्रिकन रिपब्लिक

सन २०२३ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकका लागी रुसी राजदूतले उक्त देशमा १८९० रुसी निर्देशकहरु भएको बताएका थिए । ती रुसको वाग्नर समूहकै सदस्यहरू भएको बताइएको छ ।

४. भेनेजवेला

भेनेजवेलाका राष्ट्रपति निकोलस मदुरोको सुरक्षामा समेत वाग्नर समूह सक्रिय भएको बताइन्छ । खासगरि सन २०१९ मा वाग्नर समूहले मदुरोको सुरक्षा दिइएको बताइन्छ ।

५. सिरिया

सन २०१५ मा सिरियामा पहिलोपटक वाग्नर समूहको सिरियामा उपस्थिति भएको पत्ता लागेको थियो । सरकार विरोधी मिलिसियाले हत्या गरेको अनुहारको पहिचानबाट त्यो कुरा पत्ता लागेको थियो ।

६. लिबिया

लिबियामा खालिफा हाफ्तारको पक्षमा वाग्नर समूह सक्रिय भएको छ । सन २०१४ बाट उक्त समूह सक्रिय भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर