पार्टी विभाजनपछि बालुवाटारमा उपेन्द्र, प्रचण्डसँग के भयो कुराकानी ? – Nepal Press

पार्टी विभाजनपछि बालुवाटारमा उपेन्द्र, प्रचण्डसँग के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

अमेरिका भ्रमणमा हुँदै पार्टी विभाजन भएपछि फर्के लगत्तै जसपा नेपालका अध्यक्ष समेत रहेका यादवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हुन्।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारको तर्फबाट प्रतिनिधित्व गरेर युएन सेक्रेटरियट न्युयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा सहभागी भएर फर्केपछि प्रधानमन्त्रीलाई जानकारी गराएको बताए।

तर, अध्यक्ष यादव अमेरिकामै भएको बेलामा जसपा नेपाल विभाजन गरेर अशोक राईको नेतृत्वमा जनता समाजवादी गठन भएको छ। राईको पक्षमा ७ सांसद खुलेका छन्।

१२ सांसद रहेको जसपामा ७ सांसदले साथ छाडेपछि उपेन्द्रसँग अहिले ५ जना मात्रै छन्।

भेटवार्तामा आफ्नो पार्टी विभाजनको विषयमा पनि छलफल भएको बताइएको छ। प्रधानमन्त्रीले उपेन्द्रसँगको भेटमा मिलेर जान सुझाव दिएको बताइन्छ।

तर, नेकपा एसका अध्यक्ष माधव नेपाल र उपेन्द्र यादवले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गरेकाले पार्टी विभाजन गर्न परेको विद्रोह गरेको सांसदहरूले बताउँदै आएका छन्।

त्यसैले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ रहेको बताइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर