रुसी फौजमा नेपाली पुगेकोबारे मैनालीको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- सरकारको गहिरो ध्यान गएको छ (भिडिओ) – Nepal Press

रुसी फौजमा नेपाली पुगेकोबारे मैनालीको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- सरकारको गहिरो ध्यान गएको छ (भिडिओ)

काठमाडौं । रुसी सेनामा नेपाली युवाहरूको प्रवेशको बारेमा एमालेका सांसद अच्युत मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जवाफ मागेका छन् ।

प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरमा सांसद मैनालीले सोधे, ‘रुस र युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाहरूको संलग्नताको विषयमा सरकारले जवाफ चाहन्छु ।’

प्रचण्डले रुसको नामै नलिई अप्रत्यक्ष जवाफ दिए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान छ भन्ने कुरा पनि राख्न चाहन्छु ।’

गत असार ३ गते माओवादी केन्द्रकी सांसद दुर्गा राईले समेत रुसी फौजमा नेपाली युवाहरूको प्रवेश बारेमा संसदमा कुरा उठाएकी थिइन् ।

यो पनि पढ्नुहोस् :

युक्रेन युद्धसँगै सैनिक भर्तीबारे पुटिनको त्यो निर्णय- यसरी प्रवेश गर्दैछन् रुसी फौजमा नेपाली युवा (भिडिओ) 

दूतावासको ताकेता लत्याउँदै नेपाली युवा धमाधम रुसी फौजमा ! (भिडिओ) 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर