लोकसेवा परीक्षामा नक्कली धन्दा गर्ने नासु र सह लेखापाल पक्राउ – Nepal Press

लोकसेवा परीक्षामा नक्कली धन्दा गर्ने नासु र सह लेखापाल पक्राउ

रुपन्देही । लोकसेवा आयोगको परीक्षामा नक्कली धन्दा गर्ने दुई सरकारी कर्मचारी पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थी बनी परीक्षा दिने र परीक्षा दिलाउने २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेपछि उनीहरूको यस्तो क्रियाकलाप बाहिर आएको हो ।

लोकसेवा आयोग, बुटवलको मधेस एकीकृत तथा संयुक्त, खरिदार वा सोसरहको बुटवल केन्द्रमा सञ्चालन भएको २०७७ फागुन २९ मा पहिलो र २०७८ साउन १६ मा दोस्रो र तेस्रो पत्रको परीक्षामा मनोजको नामबाट नारायणले परीक्षा दिएका थिए । उक्त घटनाको अनुसन्धानपछि प्रहरीले मनोज र नारायणलाई पक्राउ गरेको हो ।

लिखित परीक्षामा मनोजकुमार शर्मा सुतिहार हुँ भनी परीक्षा दिने जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षे नारायण यादव र परीक्षा दिन लगाउने सप्तरीको राजविराज ११ घर भई हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा नेपाल प्रशासन, लेखा समूह, सह –लेखापाल पदमा कार्यरत ३३ वर्षे मनोजकुमार शर्मा सुतिहार पक्राउ परेका हुन् ।

पक्राउ परेकालाई लिखितसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी सम्मानित रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर