एआईजीपी राईको प्रहरी प्रतिष्ठान र गिरीको प्रशासन विभागमा सरुवा – Nepal Press

एआईजीपी राईको प्रहरी प्रतिष्ठान र गिरीको प्रशासन विभागमा सरुवा

काठमाडौं । सरकारले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) को सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मानवस्रोत विकास विभाग प्रमुखको जिम्मेवारीमा रहेका एआईजीपी टेकप्रसाद राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको हो ।

यस्तै प्रदेश समन्वय विभागको प्रमुखको जिम्मेवारीमा रहेका एआईजीपी सुदिप गिरीको प्रशासन विभागमा सरुवा भएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

बिहीबारको बैठकले थप दुई जना एआईजीपीको सरुवा भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

डीआईजीपी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बिहीबारको मन्त्रिपरिषद् बैठकले एआईजीपीमा एआईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सम्भवत: रिक्त रहेको दुवै विभागमा अहिले एआईजीपीमा बढुवा भएका जोशी र ढकालको पदस्थापन हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर